दोलखा समाज जापानले हरितालिका तिजको दर कार्यक्रम आयोजना गर्दैं

ओसाका, जापान । दोलखा समाज जापानले प्रत्यक बर्ष आयोजना गर्दै आएको तिजको दर विषेश कार्यक्रम यस बर्ष पनि आयोजना गर्ने भएको छ । विदेशी भुमीमा रहेर पनि आफ्नो देशको चाडपर्व मनाएर घर परिवारको जस्तै खुसी साटासाट गर्नेकार्यक्रम रहेको समाजका अध्यक्ष रोशन थापाले बताउनु भयो ।

कार्यक्रम २०२४ अक्टोबर १ तारिक आईतबार टोकीयोको बुद्ध ओमोरी रेष्टुरेन्ट, सिनागावामा आयोजना गरिएको समाजका महासचिव नारायण खड्काले जानकारी दिनु भयो । विभन्नि पेशा तथा व्यवसाय एवं अध्ययनका लागि जापान आएका दोलखालीहरु भेला भएर दर खाने कार्यक्रम रहेको बताइएको छ ।

हरितालीका तिज दर कार्यक्रममा जापान रहेका सम्पुर्ण दोलखाली दिदी बहिनी तथा दाजुभाईहरू सहभागिताको लागि अनुरोध समेत गरिएको समाजका महासचिव खड्काले बताउनु भयो