images

फ्रान्सको पहिलो जित

काठमाडौं । युइएफए नेसन्स लिग फुटबलमा फ्रान्सले पहिलो जितनिकालेको छ । सोमबार रातिभएको खेलमाफ्रान्सले बेल्जियमलाई २–० गोल अन्तरले पराजित गरेको हो । पहिलो खेलमाफ्रान्स इटालीसँग स्तब्धभएको थियो । बेल्जियमको भने यो पहिलो हार हो । बेल्जिमयले पहिलो खेलमा इजरायलाई पराजित गरेको थियो । सोमबार रातिको खेलमाफ्रान्सलाई जिताउनकालागि रान्डाला कोलो मुआनी र ओस्मान डेम्बेलेले एक एकगोल गरेका थिए । घरेलु मैदानमाफ्रान्सले २९ औं मिनेटमा अग्रतालिएको थियो । फ्रान्सकालागि रान्डालले गोल गर्दै अग्रतादिलाएकाथिए । पहिलो हाफमा १गोल गरेको फ्रान्सले दोस्रो हाफमा अरु १ गोल थपेको थियो । डेम्बेले ५७औं मिनेटमा एनगोलो कान्टेको पासमागोल गरेका थिए । त्यसपछि थपगोल नभएपछि अन्ततःफ्रान्स २–० को जीतनिकाल्न सफलभयो । फ्रान्सले पहिलो ३ अंक जोडेको हो । बेल्जिमयभने हारका बाबजुदपनि ३ अंकका साथतालिकाको तेस्रो स्थानमा रहेको छ । यो समूहमा इटाली ६ अंकका साथशीर्ष स्थानमा रहँदाफ्रान्स ३ अंकका साथ दोस्रो स्थानमा छ । खाताखोल्ननसकेको इजरायलभने पुच्छारमा रहेको छ । 
 

मङ्गलबार २५ भदौ २०८१ ०८:३० AM मा प्रकाशित

प्रतिक्रिया