images

वीपीको जन्मजयन्तीको अवसरमा ओसाका अन्तरक्रिया कार्यक्रम सम्पन्न

ओसाका जापान । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइरालाको १११ औं जन्म जयन्ती अवसरमा जापानको ओसाकामा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाली जनसम्पर्क समिति कान्साई ओसाकाको आयोजनामा भएको कार्यक्रमा राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्वान्तलाई आत्मसात गरी आफ्नो राजनीतिक यात्रामा राष्ट्रिय मेलमिलापको नीतिलाई सर्वोपरी मानेका कोइरालाको योगदानको विषयमा  अन्तरक्रिया भएको कार्यक्रमका व्यवस्थापक लक्ष्मण न्यौपानेले जानकारी दिनु भयो ।

कार्यक्रम नेपाली कांग्रेसको १४औं महाधिवेशन प्रतिनिधी तुलसीराम खरेलको प्रमुख आतिथ्यता तथा समितीका सभापति इन्द्रलाल सुवेदिको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमा प्रमुख अतिथि तथा अन्य वक्ताहरुले कोइरालाको राजनितिक तथा सामाजिक योगदानको विषयमा चर्चा गर्नु भएको थियो ।

कार्यक्रममा नेपाली जनसम्पर्क समिति जापानका केन्द्रीय सहमहामन्त्री तथा एनआरएनए कान्साईका संयोजक हरिप्रसाद कंडेल, कान्साईका पुर्वसभापति ऋषिराम सापकोटा, एनआरएनए कान्साईका उप संयोजक भिम काउछा, बिहुँकोट समाज जापान कान्साईका सभापति बल बहादुर क्षेत्री मुकेश लगायतका नेपाली काांग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

नेपालबाट जहानिया निरंकुश राणा शासनलाई समाप्त पारी संबैधानिक राजतन्त्रको स्थापना गर्न विपीले २००७ सालमा सशस्त्र क्रान्तिको नेतृत्व गर्नू भएको थियो ।   त्यही आधारमा २०१६ साल जेठ १३ गते विपी कोइराला नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री हुनु भएको थियो ।  


विपीको सरकारलाई तत्कालिन राजा महेन्द्रले २०१७ साल पुस १ गते विघटन गरी पंचायती शासन व्यवस्था सुरु गरेपछि ८ बर्ष जेल र त्यसपछि ८ बर्ष निर्वासनमा बसेका विपीको २०३३ सालमा मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि प्रजातन्त्र पुनस्र्थापनाको लागि देशभित्रै संघर्षरत रहेकै समयमा २०३९ साल साउन ६ गते निधन भएको थियो । 

मङ्गलबार २५ भदौ २०८१ ०३:१० PM मा प्रकाशित

प्रतिक्रिया