images

दुई महिनामा १ खर्ब ६९ अर्ब रुपैयाँ राजस्व संकलन 

काठमाडौं । सरकारले दुई महिनामा १ खर्ब ६९ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको दुई महिनामा उक्त रकम संकलन गरेको हो ।
सरकारले गत वर्षभदौ मसान्तसम्म १ खर्ब ५४ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो । जुन गत वर्ष यही अवधिमा संकलन भएको राजस्वभन्दा ९.७४ प्रतिशत बढी हो ।
चालु आर्थिक वर्षको साउन र भदौमा गत वर्षभन्दा १० प्रतिशत बढी मात्रै राजस्व संकलन भएको हो । साउन र भदौमा देखिएको उत्साह कायमै रहेमा यो वर्ष १२ खर्ब भन्दा बढी राजस्व संकलन हुने अर्थ मन्त्रालयले जनाएको छ ।गत आर्थिक वर्षमा १० खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गरेको सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।
 

मङ्गलबार १ असोज २०८१ ०४:०७ PM मा प्रकाशित

प्रतिक्रिया