थाइल्याण्डको पटाका गोदाममा आगलागि नौ जनाको मृत्यु, सय जना भन्दा धेरै घाइते

 काठमाण्डौँ - दक्षिणी थाइल्याण्डको एउटा आतिशबाजी गोदाममा भएको विस्फोटमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन् ।

सुङ्गाई गोलोक नामक सहरमा विस्फोट भएको हो । स्थानीय अधिकारीहरूका अनुसार सुनगाई सहरको यस भवनमा वेल्डिङको काम चलिरहेको थियो, त्यही कारण विस्फोट भएको हो ।

स्थानीय सञ्चारमाध्यमहरूले देखाइएका भिडियोहरूले क्षेत्रमा व्यापक क्षति भएको देखाएको छ। विस्फोटका कारण भवनमा आगलागी भएको र यसका कारण क्षेत्रका धेरै भवनमा क्षति पुगेको छ ।