images

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर 

काठमाडौं । नेपाल राष्ट्र बैंकलेशनिबारको लागिविदेशी मुद्राको विनिमय दर तोकेको छ। आजअमेरिकी डलरको मूल्यमाकमीआएको छ भने युरो र र युके पाउन्ड स्टर्लिङको मूल्य बढेको छ। आजअमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा रहेको छ। त्यस्तै, युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ १६ पैसा कायमभएको छ। त्यसैगरी, साउदी अरेबियन रियालएकको खरिददर ३५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८५ पैसा, कतारी रियालएकको खरिददर ३६ रुपैयाँ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा कायमभएको छ। थाई भाट एकको खरिददर चार रुपैयाँ ०१ पैसा र बिक्रीदर चार रुपैयाँ ०३ पैसा कायम छ। साथै युएई दिरामएकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६३ पैसा छ।
 

शनिबार २९ भदौ २०८१ १०:१७ AM मा प्रकाशित

प्रतिक्रिया