images

मौसमपूर्वानुमान ः यीचार प्रदेशमाहुनेछ हावाहुरीसहतभारी वर्षा

काठमाडौं । जलतथा मौसम विज्ञान विभागले आजबिहान कोसी र मधेस प्रदेशमा साधारणतया बदली रहेको जनाएको छ । बाँकीप्रदेशमाआंशिकदेखि साधारणतया बदली रहेको छ । विभागकाअनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केहीतथाबाँकीप्रदेशकाथोरै स्थानमा मेघगर्जन र चट्याङसहितहल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशकाएकदुई स्थानमाभारी वर्षाको पनि सम्भावना छ । विभागले रातिदेशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । कोसी र गण्डकी प्रदेशका केहीतथाबाँकीप्रदेशकाथोरै स्थानमा मेघगर्जन र चट्याङसहितहल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी र गण्डकी प्रदेशकाएकदुई स्थानमाभारी वर्षाको पनि सम्भावना छ । कोसीप्रदेशको तराई भू–भागकाथोरै स्थानमाहावाहुरीको पनि सम्भावना रहेको विभागले जनाएको छ । मनसुनको न्यूनचापीयरेखा सरदर स्थानको आसापसमा छ । देशभर मनसुनीवायुको प्रभावसँगै बंगालको खाडीको उत्तरपूर्वतर्फ रहेको न्यूनचापीय प्रणालीको आंशिकप्रभाव रहेको विभागले बताएको छ ।
 

शनिबार २९ भदौ २०८१ १०:१९ AM मा प्रकाशित

प्रतिक्रिया