आज बजेट प्रस्तुत हुँदै, करिब १७ खर्ब रुपियाँ हाराहारीको बजेट आउने 

 काठमाडौँ - स्रोतको तीव्र दबाबबिच सरकारले आज आर्थिक वर्ष २०८०र८१ को आयव्ययको विवरण बजेट सार्वजनिक गर्दै छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा दिउँसो सवा ४ बजे करिब १७ खर्ब रुपियाँ हाराहारीको बजेट प्रस्तुत गर्न लागेका हुन् । 

राजस्व सङ्कुचनको सामना गरिरहेको सरकारले बजेटमार्फत अनावश्यक खर्च कटौतीको नीति अख्तियार गर्ने तयारी गरेको छ । अर्थमन्त्री महतले विभिन्न सार्वजनिक कार्यक्रम मै सरकारलाई स्रोत व्यवस्थापनको दबाब रहेकाले अनावश्यक प्रशासकीय खर्च कटौती गर्नुपर्ने अवस्था रहेको बताउँदै आउनुभएको छ । त्यस्तै बजेटमार्फत सरकारले विकासमा अवरोध पु(याइरहेका कतिपय नीतिगत अड्चन समाधानको नीति अख्तियार गर्ने अनुमान गरिएको छ । 

बजेटमार्फत सरकारलाई अतिरिक्त दायित्व सिर्जना हुने नयाँ कार्यक्रम  घोषणा नहुने सङ्केत अर्थमन्त्रीले गर्नुभएको छ । सरकारले आफ्नो नीति तथा कार्यक्रममै पनि खर्च कटौती र अनावश्यक दायित्व सिर्जना नगर्ने उल्लेख गरेको थियो । त्यस्तै बजेटमार्फत कतिपय चालु खर्च र वित्तीय हस्तान्तरण भइजाने अनुदान पनि कटौती हुँदै छ । 

बजेट भाषणसँगै सरकारले सोमबार विभिन्न चार वटा विधेयक प्रस्तुत गर्दै छ । बजेटका अङ्क अर्थमन्त्रालयले टुङ्ग्याइसकेको छ । यद्यपि अर्थमन्त्रीले प्रस्तुत गर्ने बजेट वक्तव्य भने सोमबार बस्ने मन्त्रीपरिषद् बैठकपछि मात्रै प्रकाशनका लागि पठाइनेछ ।