शिव शिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मा पक्राउ

 काठमाडौँ - शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई प्रहरीले भारतबाट पक्राउ गरेको छ ।

करिब १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोपमा फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले भारतको मुम्बईबाट पक्राउ गरेको हो । उनी भारतका एक विधायकको घरमा लुकेको अवस्थमा फेला परेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीले भारतीय प्रहरीसँग गरेको समन्वयको आधारमा उनलाई भारतबाट सोमबार नेपाल ल्याइएको प्रहरीले जनाएको छ । २०७७ सालमा भक्तपुरको शिव शिखर कृषि सहकारी र शिखर दीप बहुउद्देश्यीय सहकारी मर्ज भएर शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था खोलेर उनले १४ अर्ब रुपैयाँ हिनामिना गरेको प्रहरीले जनाएको छ ।