दिल्लीमा ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पको धक्का

 काठमाडौँ - भारतको राजधानी नयाँ दिल्लीसहित उत्तर भारतभर शक्तिशाली भूकम्पको धक्का महसुश भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

अफगानिस्तानको फैजावाद केन्द्रबिन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो । भारतीय भूगर्भविभागका अनुसार मंगलबार राति १०स्१७ मिनेटमा भूकम्पको झड्का महसुश भएको थियो । 

भूकम्पबाट भएको क्षतिबारे हालसम्म कुनै जानकारी प्राप्त भएको छैन। रातको समयमा भूकम्प गएसँगै प्रभावित क्षेत्रमा उद्दारकर्ता खटाउन लागिएको समचारमा जनाइएको छ ।