एसीसी प्रिमियर कप क्रिकेट : ओमानमाथि नेपालको सहज जित

काठमाडौँ - एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले ओमानमाथि ८४ रनको सहज जित हात पारेको छ ।

नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएको ओमानले २२६ रन मात्र बनाउन सक्यो । ४६।३ ओभरमा नवौं विकेट गुमाएको ओमानका अन्तिम ब्याट्सम्यान घाइते भएका कारण विकेट बाँकी हुँदै नेपालले ८४ रनको जित निकालेको हो ।

लगातार दोस्रो जितसँगै नेपाल सेमिफाइनदेखि एक कदम टाढा रहेको छ ।