आजको मौसम रातभर देशका धेरै ठाउँमा झरी, आज पनि वर्षा !

 काठमाडौँ - गएराती देशका धेरै ठाउँमा झरी परेको छ । बर्खाको झल्को दिनेगरी रातभर धेरै ठाउँमा झरी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रि मनसुनको समयमा पनि साउन भदौमा जस्तो रातभर झरी पर्नुलाई मौसमविद्ले नै अचम्मको रुपमा लिएका छन् ।

आज मंगलबार पनि देशभर बदली भएर धेरेजसो ठाउँमा पानी पर्ने सम्भावना छ । महाशाखाका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गरहावा(हुरीरअसिना सहित क्षणिकरहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राती  देशभर आँशिक देखि सामान्य बदली रहने छ । देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग हावा हुरी असिना सहित क्षणिकरहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।