images

सीसँग चार घण्टा वार्तापछि बाइडनले भने- उहाँ सिधा मान्छे, मेरोभन्दा दृष्टिकोण फरक छ

अमेरिकी राष्ट्रपति जो बाइडन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचमा भेटवार्ता भएको छ । सो क्रममा अमेरिकी राष्ट्रपति बाइडनले दुई देशबीचको सम्बन्धको अवस्थालाई रचनात्मक र फलदायी बैठकको रूपमा वर्णन गरेका छन् । उनले सीसँगको वार्ता पछि भने- ‘हामीले केही रचनात्मक र फलदायी छलफलहरू गरेका छौं तर हामी सधैं सहमत सबै बिषयमा भएका त छैनौं ।’ उनका अनुसार राष्ट्रपति सीसँगको उनको वार्ता सधैं प्रस्ट रुपमा हुने गरेको छ । ‘मेरो जिम्मेवारी यसलाई तर्कसंगत र व्यवस्थित बनाउनु हो ताकि यसले द्वन्द्वमा नलैजाओस्, अमेरिकाले सबैको बारेमा सोच्ने र गर्ने पनि यही हो । अब पनि एक ठाउँ खोज्न जहाँ हामीसँगै आउन सक्छौं र जहाँ हामी पारस्परिक चासो पाउन सक्छौं र सबैभन्दा महत्त्वपूर्ण अमेरिकी जनताको हितमा मैले काम गर्नुपर्ने हुन्छ’ सो भेटपछि राष्ट्रपति बाइडनले भने । बाइडनले उपराष्ट्रपतिको रूपमा आफ्नो समयमा सीसँग गहिरो सम्बन्ध बनाएका थिए तर जुनपछि बिग्रँदै गयो । तैपनि उनले सीसँग सिधासिधा वार्ता गरेका छन् । ‘म मानिसलाई चाँडो चिन्दछु, मलाई उहाँको मोडस अपरेन्डी थाहा छ, मैले उहाँको आँखामा हेरे,’ उनले भने, ‘हो हामीबीचमा धेरै नै असहमति छ । उहाँसँग धेरै चीजहरूमा मेरोभन्दा फरक दृष्टिकोण छ तर उहाँ सिधा हुनुहुन्छ ।’ उनका अनुसार दुई नेताबीचमा कुनै समस्या भएमा फोन वार्तामार्फत समस्या समाधान गर्नका लागि सहमत भएका छन् ताकि दुवै देश अगाडि बढ्ने कुरा गर्न चाहन्छन् । चार घण्टा लामो शिखर वार्तामा दुई नेताले फेन्टानिलको प्रवाहलाई रोक्न, सैन्य सञ्चार पुनर्स्थापना र आर्टिफिसियल इन्टेलिजेन्समा सँगै काम गर्ने विषयमा सहमति जनाएका बाइडनले बताएका छन् ।

बिहीबार ३० कात्तिक २०८० ०९:५० AM मा प्रकाशित

प्रतिक्रिया