परिणिती र राघवको ‘इन्गेजमेन्ट’मा प्रियंकाको नृत्य

बलिउड अभिनेत्री परिणिती चोपडा र भारतका राज्यसभा सांसद राघव चड्डाबिच ‘इन्गेजमेन्ट’ भएको छ। शनिवार दिल्लीमा उनीहरुले एकअर्कालाई औंठी लगाइदिएका हुन्। राघव आम आदमी पार्टीका नेता हुन्।

‘इन्गेजमेन्ट’मा करिब १५० जना पाहुनालाई बोलाइएको थियो। कार्यक्रममा विभिन्न दलका नेता र बलिउड कलाकारको उपस्थिति थियो।

परिणिती र राघवले ‘इन्गेजमेन्ट’का तस्विरहरु न्स्टाग्राममा पनि ‘सेयर’ गरेका छन्। कार्यक्रममा अभिनेत्री प्रियंका चोपडाले नृत्य प्रस्तुत गरेकी थिइन्। उनी यही कार्यक्रममा सहभागी हुन अमेरिकाबाट दिल्ली पुगेकी थिइन्।

शिख संस्कार अन्तर्गत उनीहरुबिच ‘इन्गेजमेन्ट’ भएको थियो।