म्यानमार हवाई हमलामा मृत्यु हुनेको संख्या १ सय नाघ्यो

एजेन्सी - म्यानमारको एक गाउँमा सेनाले गरेको हवाई हमलामा परी मृत्यु हुनेको संख्या १ सय नाघेको छ ।

सैनिक शासनविरुद्ध आवाज उठाएको भन्दै सेनाले हवाई हमला गर्दा १ सय बढीको मृत्यु भएको हो । सागिङ क्षेत्रको आकाशमाथि परिक्रमा गरेको जेट विमानले बम हमला गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

 म्यानमारको सैन्य शासनको विरोध गर्नेहरुको बाहुल्य रहेको सागिङ क्षेत्रलाई लक्षित सेनाले आक्रमण गर्दा सोही क्षेत्रका बासीन्दाबीच भागदौड समेत मच्चिएको थियो ।