ट्याक्सी व्यवसायी आन्दोलित, के-के छन् मागहरु ? 

 काठमाडौँ - ट्याक्सी व्यवसायीले काठमाडौंको नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभाग अगाडि प्रदर्शन गरेका छन् ।
उनीहरूले विभिन्न माग राख्दै विभाग अगाडि ट्याक्सी तेर्‍स्याएर विरोध गरेका हुन् ।

रातो नम्बर प्लेटका निजी गाडीलाई भाडाको काम गर्न दिन नहुने, नेपाली भूमिमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्नुपर्ने, काठमाडौं उपत्यकामा ट्याक्सी स्ट्यान्ड व्यवस्थापन गरी साँचो खोस्ने र चालकलाई दुर्व्यवहार गर्ने प्रवृत्ति बन्द गर्नुपर्ने लगायतका माग राख्दै ट्याक्सी व्यवसायी आन्दोलित भएका हुन् ।

यस्तै, दुर्घटनामा परी मृत्यु भएमा २५ लाख राहत दिनुपर्ने, ट्याक्सी मिटर सिल चुँडिदा गाडी साहु र चालक जेल जानु पर्ने कानून खारेज गर्नुपर्ने उनीहरूको माग छ ।