images

कार्बन उत्सर्जन गर्ने मुलुकले क्षतिपूर्ति दिनैपर्छ ः प्रधानमन्त्रीओली

काठमाडौं । प्रधानमन्त्रीकेपीशर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्नेमा नेपालको स्पष्टमान्यता रहेको बताएकाछन् । आइतबार नेपालीप्रतिनिधिमण्डलको नेतृत्वगर्दै  संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामाभागलिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्रीओलीले स्थानीय समयअनुसार शनिबार दिउँसो आयोजितजीवाष्मइन्धनमुक्त संसदीय सञ्जाल (पार्लियामेन्टेरियन्स फर फोसिल फ्युलफ्रि)  को कार्यक्रममामुख्यवक्ताका रूपमा सम्बोधनकाक्रममायस्तो बताएकाहुन् । प्रधानमन्त्रीओलीले नेपालले कार्बन उत्सर्जनमाशून्य योगदान गरेर जलवायु परिवर्तनको असरलाई रोक्न मद्दत गरेको उल्लेख गर्दै विकसितमुलुकको कार्बन उत्सर्जनका कारण नेपालको सगरमाथा र हिमालपग्लिनथालेकाले त्यसको असर खेप्ने समुदायलाई क्षतिपूर्ति दिइनुपर्नेमा जोड दिए ।  प्रधानमन्त्रीओलीले पेरिस सम्झौताबमोजिम स्थापितविश्वकाविकसितमुलुकले भविष्यकालागिजलवायु अनुकूलनकालागिआर्थिक लगानी वृद्धि गर्नुपर्नेमा जोड दिँदै भने,‘हाम्रोभविष्य सुन्दर छ, किनकिहामीले भविष्यकालागिलगानीगर्दैछौँ ।’
 

आइतबार​ ६ असोज २०८१ ११:१८ AM मा प्रकाशित

प्रतिक्रिया