images

लुम्बिनी सरकारले दियो कर्मचारीकालागि १४ बुँदे निर्देशन

काठमाडौं । लुम्बिनीप्रदेश सरकारले प्रदेशमाकाम गर्ने कर्मचारीकालागि १४ बुँदे निर्देशन जारी गरेको छ।आर्थिक अनुशासन र मितव्ययिताकायम गर्न, मन्त्रालयतथामातहतकाकार्यालयको सेवालाई प्रभावकारी बनाउन सरकारले१४ बुँदे  निर्देशन जारी गरेकोहो।मुख्यमन्त्रीचेतनारायणआचार्यले मुख्यमन्त्रीतथामन्त्रिपरिषद् कार्यालयबाटतयार भएको निर्देशन स्वीकृत गरेका छन्। मुख्यमन्त्रीआचार्यले आर्थिक अनुशासन र मितव्ययिताकायमगर्दै सेवाप्रवाहलाई चुस्तबनाउननिर्देशन समेतदिए।उनले भने,‘सेवाप्रवाहमाढिलासुस्तीभएनागरिकले गुनासो गर्ने र त्यसलाई सम्बोधन गर्नेगरी योजना बनेको छ’मुख्यमन्त्रीआचार्यले भने, ‘बहानाबाजी गर्ने, कामनगर्ने, सेवाग्राहीको समस्यानसुन्ने, सम्बोधननगर्ने जस्ता समस्याआउननदिन, आर्थिक अनुशासन र मितव्ययिताकायम गर्न यो निर्देशन जारी गरेका हौं।’
लुम्बिनीप्रदेश सरकारले मुख्यमन्त्रीतथामन्त्रीहरुलाई आचारसंहितालागू गरिसकेको। मुख्यमन्त्रीआचार्यले अब सेवाप्रवाहलाई चुस्त, नागरिकहरुले महसुस गर्नेगरी नतिजाको खोजी गर्न कर्मचारी तहमानिर्देशन जारी गरेका हुन्।प्रदेशस्थितनिकायतथाकार्यालयहरुले सेवाप्रवाहको प्रभावकारिताअभिवृद्धि गर्न, आर्थिक गतिविधिमामितव्ययिताकायम गर्न, खरिद एवं जिन्सीव्यवस्थापन, सूचनाव्यवस्थापनएवं गुनासोको प्रभावकारी सम्बोधन गर्न, निकायगत समन्वय, अनुगमनएवं प्रतिवेदनका साथै सार्वजनिकजवाफदेहिता र सुशासनप्रवर्द्धनकालागिनिर्देशन जारी गरिएको छ।प्रदेश सरकारले चालु आर्थिक वर्षको नीतितथाकार्यक्रमएवम् वार्षिक बजेट कार्यान्वयन सुरु गरेको छ। बजेट तथाकार्यक्रमको प्रभावकारी कार्यान्वयनको लागीनिर्देशन जारी गरिएको छ।
 

आइतबार​ ६ असोज २०८१ ११:२८ AM मा प्रकाशित

प्रतिक्रिया