images

काठमाडौंका यी क्षेत्रमाआजपाँच घण्टा विद्युत अवरुद्ध हुने 

काठमाडौं । काठमाडौंको थानकोट क्षेत्रमाशनिबार पाँच घन्टा विद्युत् अवरूद्ध हुने भएको छ । नेपालविद्युत् प्राधिकरणले एक सूचना जारी गर्दैबलम्बु सहायकवितरणक केन्द्रको थानकोट फिडर अन्तर्गतका क्षेत्रमाबिहान७ बजेदेखि मध्याह्न १२ बजेसम्म विद्युत सेवा अवरूद्ध हुने जानकारी दिएको हो । प्राधिकरणले सतुंगलमापोल तथातार लत्रिएको तथागुर्जुधारामा लगत खारेज भएको एचटी टिओडी मिटरको मिटरिङ युनिट निष्प्रभावीपार्ने कामकालागि फिडर सटडाउन गर्नुपर्ने भएकाले ती क्षेत्रमाबत्तीजाने जानकारी दिएको छ । थानकोट फिडर अन्तर्गत बलम्बु विद्युतकार्यालय, गुर्जुधारा, दाउराडीपो, राधाकृष्ण टोल, हाइभिजन कोलोनी, सिर्जना चोक, खहरे बसपार्क, इन्द्रथान, श्रीकृष्ण स्कुललगायतका क्षेत्रमाविद्युत् अवरूद्ध हुनेछ । निर्धारित समय अगावै सम्पन्नभएमा सो समय भन्दाअगावै लाइन सुरु हुने प्राधिकरणले जनाएको छ ।
 

शनिबार २६ साउन २०८१ ०९:५४ AM मा प्रकाशित

प्रतिक्रिया