images

फ्रान्समाथि इटालीकोउत्कृष्ट जीत

काठमाडौं । युइएफए नेसन्स लिग फुटबलमा इटालीले फ्रान्समाथिउत्कृष्ट जितनिकालेको छ ।  फ्रान्सको पार्क दे प्रिंसेसमा १३ सेकेण्डमै १ गोलले पछाडि परेको इटालीले फ्रान्सलाई ३–१ गोलको उत्कृष्ट कमब्याकजीतनिकालेको हो ।
फ्रान्सका ब्राडली बारकोलाले १३ सेकेण्डमै गोल गर्दै घरेलु टोलीलाई सुरुमै अग्रतादिलाएकाथिए । सेन्टरबाट बल चलेपछि बारकोलाले इटालीका डिफेन्डरबाट बल खोसेर  सिधै पोस्ट चार्ज गर्दा गोल भएको थियो । तर, ३० औंमिनेटमा इटालीका फेडरिको डिमार्कोले बराबरी गोल गरेका थिए ।  इटालीका सान्ड्रो तोनालीको पासमा डिमार्कोले भलीप्रहार गर्दै बराबरी गोल गरेका थिए । पहिलो हाफ एक एकगोलको बराबरीमा सकिएको खेलमाबाँकी २ गोल इटालीले दोस्रो हाफमा गरेको हो । दोस्रो हाफको ५० औं मिनेटमा डेभिड फ्राटेस्सी मेटाओ रेटेगुइको पासमाउत्कृष्ट गोल गर्दै इटालीलाई २–१ ले अघि बढाए । ७४ औंमिनेटमा डेस्टिनी उडोगीले दिएको पासमागियाकोमो रसपाडोरीले गोल गरेपछि इटालीले फ्रान्समाथि ३–१ को उत्कृष्ट कमब्याकगोल गरेको थियो । जितपछि नेसन्स लिगको पहिलो खेलमै इटालीले ३ अंकलिन सफलभयो । यही समूहमा रहेको बेल्जिमयमले इजरायललाई पनि ३–१ गोल अन्तरले पराजित गरेको छ । बेल्जियमको जितमा केभिन डी ब्रुएनाले २ गोल गर्दा योरे टेलिम्यान्सले १ गोल फर्काएकाथिए । इजरायलको नाउँमा रहेको एक गोल उपहार रह्यो । समूहबीमा इटाली शीर्ष स्थानमा रहँदा बेल्जियम दोस्रो स्थानमा रहेको छ ।  
 

शनिबार २२ भदौ २०८१ १०:२३ AM मा प्रकाशित

प्रतिक्रिया