बुर्किना फासोमा विद्रोहीको आक्रमण  ३९ सैनिकसहित ८० जनाको मृत्यु

काठमाण्डौँ - बुर्किना फासोमा सन्दिग्ध जिहादीले गरेको चारवटा आक्रमणमा कम्तीमा ३९ सैनिक र ४१ जना स्वयंसेवी लडाकू गरी ८० जनाको मृत्यु भएको सेना र सुरक्षा स्रोतले जनाएको छ । मध्य–नोर्ड क्षेत्रमा सोमबार भएको दुई सबैभन्दा घातक भिडन्तमा दर्जनौंको मृत्यु भएको बताइएको छ । 

सानमातेङ्गा प्रान्तको नोआकामा भएको भिडन्तमा सहायक बल ‘भोलेन्टियर्स फर द डिफेन्स अफ द फादरल्याण्ड ९भीडीपी०’ का ३३ जना सदस्यको मृत्यु भएको सेनाले शुक्रबार जनाएको छ ।

सेनाको एक वक्तव्यअनुसार उक्त झडपमा करिब ५० जना ‘आतङ्ककारी’ पनि मारिएका छन् र ठूलो परिमाणमा सैन्य सामग्री बरामद गरिएको छ ।
त्यही दिन विद्रोहीहरूले महिनौंदेखि घेरिएको जिबो शहरबाट निस्केपछि नाम्सिगियामा सैनिकहरूको सुरक्षामा रहेको खाद्य आपूर्ति गर्ने समूहमाथि एम्बुस आक्रमण गरिएको थियो ।

सेनाद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘एक हप्तामा भएका आक्रमण र प्रतिकारका क्रममा केही हिंसात्मक घटना भएका छन् ।