एसईईको नतिजा प्रकाशन गर्न बोर्ड बैठक बस्दै

काठमाडौँ - कक्षा १० को नतिजा प्रकाशनका विषयमा निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्ने भएको छ । २०७९ सालको एसईई परीक्षाको नतिजा प्रकाशन गर्ने विषयमा निर्णय गर्न आज दिउँसो बोर्डको बैठक बोलाइएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । बोर्डको बैठकपछि सम्भवतः आज नै नतिजा सार्वजनिक गरिनेछ ।