images

क्यान्सर पिडित सृजनाको उपचारको लागि नेपाली फिल्म ‘घरज्वाइँ’को च्यारिटि सो गरिदै, दोलखा समाज जापानको आर्थिक सहयोग हस्तान्तरण

ओसाका जापान । लामो समय देखी क्यान्सर जस्तो जटील रोगको उपचार गराउँदै आईरहेकी सृजना खड्का कार्कीको उपचारमा खर्च अपुग भएसंगै थप सहयोगको लागि आर्थिक संकलन कार्यक्रम अघि सारिएको छ  । उपचारको आर्थिक संकलनको लागि ओसाकामा नेपाली चलचित्र घरज्वाँईको च्यारीटि सो गरिने भएको छ । 
मगर संस्कृतिमा आधारित फिल्म ‘घरज्वाइँ’को जापानको ओसाकामा च्यारिटि शो हुने भएको हो । क्यान्सर पिडित कार्कीको उपचारको लागि तथा रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरस्थित लेखर्कमा भाद्र ८ गतेको पहिरो पिडित जापानमा अध्ययनरत कविता पहरी मगरको लागि आर्थिक सहयोग संकलनको होस भन्ने हेतुले प्रर्दशन गर्न लागिएको हो । 

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरूना मगरको मुख्य अभिनय रहेको फिल्म घरज्वाइँ यहि २३ सेप्टेम्बरमा ओसाका सिटी मिनातो सिभिक सेन्टरमा नेपाल मगर संघ जापान कान्साई क्षेत्रिय समितिले प्रर्दशनको तयारी गरिरहेको मगर संघ कान्साईका उपाध्यक्ष पूर्ण गर्बुजाले जानकारी दिनु भयो। उपचारमा सहयोगको लागि गैरआवसिय नेपाली संघ जापान कान्साई क्षेत्रिय समिति, चितवन समाज जापान, कान्साई समिति, गल्कोट नैमती बाजा समुह, हाम्रो दृष्टी राम्रो दृष्टी, नवलपुर समाज जापान कान्साई समिति तथा नेपाल तामाङ समाज कान्साईको सहकार्य रहेको बताईएको छ ।  

विश्वकै निकै महंगो उपचार गराउँदै रहेकी नेपाली चेली सिर्जना खड्का कार्कीको उपचारमा दोलखा समाज जापानले पनि आर्थिक संकलन गरि हस्तान्तरण गरेको छ । समाजको तर्फबाट करिब २ लाख सत्तरी हजार तथा ताकाराजुका जापानी भाषा विद्यालयबाट संकलन गरिएको ५० हजार, नेपाली किराना पसल स्पाईस ल्याण्डको तर्फबाट २० हजार, समाजसेवी युगराज लामाले १० हजार तथा अन्य व्यक्तीहरुबाट करिब १४ हजार जापानीयन संकलन  गरि दोलखा समाज जापान कान्साई क्षेत्रिय समितिका अध्यक्ष अन्जान कुमार बस्नेत तथा समाजका सल्लाहकार प्रदिप खड्का मार्फत हस्तानतरण गरेको थियो । 
दोलखा जिल्ला तामाकोशी गाउँपालिका वडा नं, २ झुले घर भई हाल ओसाकामा बस्दै आइरहेकी सृजना खड्का कार्कीलाई सन् २०२१ को मार्चमा बिरामी भई जाँच गराउदा प्यान्क्रियाटिक, अनाशयीको न्युरोईन्डोक्राइन क्यान्सर (Pancreatic Neuro Endocrine Cancer)  भएको र उपाचारार्थ जापान इन्स्युरेन्स कभर नहुने हुदा एक डोजको लागि ३० लाख येन लाग्ने तथा जम्मा चार डोजमा उपचार गर्नु पर्ने भएकोले कुल १ करोड २० लाख येन लाग्ने स्वयम् सृजना खड्का कार्कीले जानकारी गराउनु भएको छ।

सिर्जनाको उपचारका लागि पछिल्लो १ महिनायात जापान लगायतका विश्वभरका नेपाली समुदायहरुले सहयोगी हातहरु अघि बढाईरहेका छन् । यद्यपी अत्यन्तै ठूलो रकम आवश्यक भएकाले हालसम्म प्राप्त सहयोग रकम उपचारका लागि पर्याप्त नभएको सिर्जनाले बताउनु भएको छ। तपाई पनि यदि सिर्जना खड्का कार्कीको उपचारमा आफुले सकेको सहयोग गर्न चाहनुहुन्छ भने निम्नलिखित माध्यमहरु प्रयोग गरि सहयोग गर्न सक्नुहुनेछ।
 

शनिबार ५ असोज २०८१ ०५:०८ PM मा प्रकाशित

प्रतिक्रिया