एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडी लामिछाने !

 काठमाडौँ - नेपाली क्रिकेटर सन्दीप लामिछानेले ऐतिहासिक विश्वरेकर्ड बनाएका छन् । उनी एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने बलर बनेका छन् । ४२ औं खेलमा १०० विकेट लिँदै लामिछानेले अफगानिस्तानका बलर राशिद खानको विश्वरेकर्ड तोडेका हुन् ।