images

भ्रष्टाचारको विरोधमा त्रि-चन्द्र क्याम्पस नेविसंघको प्रदर्शन (तस्बिरसहित)

काठमाडौँ - नेपाल विद्यार्थी संगठन नेविसंघ त्रि-चन्द्र क्याम्पस समितिले विरोध प्रदर्शन गरेको छ । भ्रष्टाचारका गतिविधि बढ्दै गइरहेको भन्दै यसलाई निर्मुल पार्नुपर्ने मागसहित उनीहरू सडकमा उत्रिएका हुन् ।

प्रदर्शनकारीहरूले ‘अब त अति भो’ ब्यानरसहित भ्रष्टाचार देशद्रोह हो। दोषीलाई कारबाही गर लगायतका नारा लगाएका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा यतिबेला शीर्ष राजनीतिक दलका शीर्ष नेताहरू पनि जोडिँदै गएपछि यो विषयको चर्चा चुलिँदै गएको छ। यसको विरोधमा विभिन्न दलका भातृ संगठन तथा आम जनमानस उर्लिएका छन् ।
 

आइतबार​ ३१ बैशाख २०८० ०१:२० PM मा प्रकाशित

प्रतिक्रिया