विश्व धुम्रपान रहित दिवस नेपालमा पनि विविध कार्यक्रम गरि मनाइँदै

काठमाडौँ - आज ३१ मे अर्थात विश्व धुम्रपान रहित दिवस नेपालमा पनि विविध कार्यक्रम गरि मनाइँदैछ ।

“खाद्यान्न बढाऊ, सूर्ति घटाऊ” भन्ने नारासहित बुधबार यो दिवस मनाउन लागिएको हो ।

सन् १९८७ मा विश्व स्वास्थ्य संगठनले सूर्तिजन्य पदार्थको घातक असरबारे सचेतना जगाउने उद्धेश्यसहित विश्व धुम्रपान रहित दिवस मनाउन प्रस्ताव गरेको थियो ।

सन् १९८८ अप्रिल ७ मा विश्व स्वास्थ्य संगठनको सभाले उक्त प्रस्ताव पारित गरेपछि मे ३१ लाई विश्व धुम्रपान रहित दिवसको रुपमा मनाउन थालिएको हो ।