images

गुजरातविरुद्ध नेपाल ८ विकेटले विजयी

काठमाडौं ।त्रिकोणात्मक टी–२० क्रिकेट श्रृंखलामा नेपालभारतको स्टेट टीम गुजरातविरुद्ध ८ विकेटले विजयीभएको छ । आइतबार साई मेघपन स्पोर्ट्स लाइफ मैदानमागुजरातले दिएको ९९ रनको सामान्यलक्ष्य नेपालले १५.२ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गर्यो । नेपालकालागिकप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३३ रन जोडे । त्यस्तै, अनिल साहले ३२ रन,कुशलभुर्तेलले १७ रन र आशिफ सेखले १६ रन बनाए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले १८.२ ओभरमा अलआउट हुँदै ९८ रनबनाएको थियो । गुजरातकालागिओपनर ब्याट्सम्यान रुद्र पटेलले २३ रन बनाउँदा हेमांग पटेलले २० रन, अभिषेक देसाईले ११ रन र समित पटेलले १० रन जोडे ।
नेपालकालागिगुलसन झा एक्लैले चार विकेट लिए । करण केसीले तीनविकेट लिँदा सोमपालकामीले पनि एक विकेट लिए ।
 

आइतबार​ १८ चैत २०८० ०६:१० PM मा प्रकाशित

प्रतिक्रिया