काठमाडौँ - साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार घटेको छ । आइतबार नेप्से परिसूचक १९.११ अंकले घटेर १८७०.६५ विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.९५ अङ्कले घटेर ३५८.१४ विन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २७१ कम्पनीको ३२ लाख ६ हजार ४५० कित्ता सेयर खरिद बिक्री हुँदा ९५ करोड ४३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।