images

विकासका मुद्दामा दलीयएकताआवश्यकः राष्ट्रपति

तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेलले दलहरुले जतासुकै गठबन्धन गरे पनिविकासका साझा मुद्दामा सबै एक ठाउँमा हुनुपर्ने बताएका छन् । तनहुँको देवघाटमा निर्माण हुने ज्येष्ठ नागरिक भवनको शनिबार शिलान्यास गर्दै उनले लोकतन्त्रवादीतथा समाजवादीले भविष्यलाई स्वर्ग बनाउने बताए । उनले भने,‘अहिले निराशा छ भनेर प्रतिगामीले हल्लाफैलाएकाहुन्, प्रतिगामीहरुको स्वर्ग अतितमा हुन्छ । तर,हामीलोकतन्त्रवादी र समाजवादीहरुको स्वर्ग भविष्यमा छ, हामीभविष्यलाई स्वर्ग बनाउँछौं ।’ विदेशपलायनभएर यहाँ केहीनभएको भन्दै कुरा काट्नु पनिअनुचितभएको उनले बताए । गठबन्धन जो जताभएपनिविकासमा राजनीतिकदलका नेताहरु एक हुनुपर्नेउनको भनाइ छ । राष्ट्रपति पौडेलले पवित्रतपोभूमि कालीगण्डकी र त्रिशूलीको  संगम देवघाटमा ज्येष्ठ नागरिक भवन बनेपछि त्यो भवनपूर्वीय दर्शन र वेदान्तचिन्तनको छलफल गर्ने स्थलबन्ने धारणा व्यक्त गरे । 
 

शनिबार १७ चैत २०८० ०६:४२ PM मा प्रकाशित

प्रतिक्रिया