आज दिनभर धादिङका यी क्षेत्रमा आउने छैन बत्ति !

काठमाण्डौँ - धादिङको धुनिवेशी नगरपालिका , थाक्रे गाउपालिका , गल्छि गाउपालिका र चन्द्रागिरीका विभिन्न क्षेत्रमा आज विहिबार विद्युत अवरुद्द हुने भएको छ । मातातिर्थ नौविसे ३३ केभि प्रसारण लाईन सटडाउन गरि काम गर्नुपर्ने भएकाले विद्युत अवरुद्द हुने नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्र धार्के प्रशााखाले सुचना जारि गरि जानकारी गराएको छ ।

धार्के प्रशााखाका अनुसार धुनिवेशी नगरपालिकाको वडा नम्बर ३ देखी ९ सम्म, थाक्रे गाउँपालिकाको वडा नम्बर १ देखी १० सम्म, गल्छि गाउँपालिकाको वडा नम्बर ८ र चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ स्थित मसिनेमा विहान ११ बजे देखी दिउँसो ३ बजे सम्म विद्युत अवरुद्द हुनेछ । निर्धारित समय अगावै कार्य सम्पन्न भएमा सो समय अगावै लाईन सुचारु हुने धार्के प्रशााखाले सुचना मार्फत जानकारी दीएको छ ।