असार २९ गतेबाट नेपाली फिल्म ‘बगान’ प्रदर्शन हुँदै, उदाउँदै प्रमिला

काठमाडौँ - असार २९ गतेबाट नेपाली फिल्म ‘बगान’ प्रदर्शन हुँदैछ । अभिनयमा तीन दशकको अनुभव बटुलिसकेका अभिनेता सरोज खनाल यसै फिल्ममार्फत निर्देशनमा डेब्यु गर्दैछन्। आफ्नो निर्देशकीय डेब्यु फिल्ममा उनले सामाजिक विषयवस्तुलाई उठान गरेका छन् । एकल महिलाको कथा, समवेदना र शिक्षा महत्वसँगै फिल्ममा सामाजिक दतित्व समेत समेटिएको छ।