सशस्त्रका ११ डीआईजीको सरुवा (सूचिसहित)

काठमाडौं - सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले ११ जना नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ।

यस्तै, ४ जना डीआईजीको पदस्थापना गरेको छ। सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेलद्वारा जारी सूचनामा सरुवासम्बन्धी जानकारी गराइएको छ।

प्रदेश १ मा अञ्जनीकुमार पोखरेललाई पठाइएको छ भने मधेश प्रदेशमा दीपेन्द्र शाहलाई जिम्मेवारी दिइएको छ।

दुवै जना भर्खरै बढुवा भएका हुन्। उनीहरु त्यहाँ पदास्थपन भएको हो। त्यसैगरी प्रवक्ता समेत रहेका पुरुषोत्तम थापालाई पशुपति बाहिनी पठाइएको छ।