images

चिया दिवस विशेषः चियाको बोट नै नचिनेका विज्ञ देखेर छक्क परेका थिए उदय

काठमाडौं । चिया क्षेत्र ठहरिएको इलाम पुगेका थिए राष्ट्रिय  चिया तथा कफि विकास बोर्डका कार्यकारी निर्देशक । उनको खातिरदारीमा पर्याप्त प्रवन्ध थियो किनकि सरकारी बोर्डका मुख्य पदाधिकारी नै पुगेका थिए चिया क्षेत्रमा । किसान र उद्यमी आशावादी थिए, यी कार्यकारी निर्देशकले स्थलगत निरीक्षण गरेर फर्किएपछि त पक्कै पनि चियाको बजार सुनिश्चित हुनेछ र भोग्दै आएका समस्या टर्नेछन् ।
‘खै त चिया चैं कहाँ फल्छ त ?’ चिया बगानको बीचमा उभिएका कार्यकारी निर्देशकले जब यसरी प्रश्न गरे, किसान र उद्यमी छाँगाबाट खसे । अर्कै बोर्डको पो कार्यकारी परेछन् कि क्या हो जस्तो लाग्यो उनीहरुलाई । विडम्बना के थियो भने उनी वास्तवमै चिया तथा कफि विकास बोर्डकै कार्यकारी निर्देशक थिए, सत्तारुढ दलले नियुक्त गरेका विश्वास पात्र ।
ती कार्यकारी निर्देशकको हुलिया नखुलाईकन सर्वत्र राजनीतिकरण भएको एउटा ज्वलन्त उदाहरण दिन्छन् अनुभवी चिया उद्यमी उदय चापागाईं ।
राष्ट्रि चिया नीति २०५७ बनाउन सक्रिय भूमिका निर्वाह गरेका उदयले विकास बोर्ड बनेपछि चिया क्षेत्रका समस्या क्रमशः निदान हुँदैजाने र अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाले लोकप्रियता हासिल गर्नेमा विश्वास गरेका थिए । तर बोर्डको जन्मसँगै त्यसको नेतृत्वमा राजनीतिक हस्तक्षेप सुरु भयो र सत्तारुढ दलले कार्यकर्ता भर्तिकेन्द्र बनाउन थालेपछि उद्देश्य विपरित काम भएकाले चिया क्षेत्रले सरकारको साथ पाउन नसकेको उदयको बुझाई छ । चियाको बोट समेत चिन्न नसक्ने अनुभवहीन    व्यक्तिलाई नीतिगत नेतृत्व गर्ने निकायको जिम्मेवारी दिईएको घटना सम्झेर उदेक मान्छन् उदय ।
 

शनिबार १५ बैशाख २०८१ ०९:०९ AM मा प्रकाशित

प्रतिक्रिया