काठमाडौं। प्रधानमन्त्रीकेपीशर्मा ओलीले सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडिबढाउन, व्यवस्थितढंगले सञ्चालन गर्न र त्यसलाई पूर्णतादिन सरकार प्रतिवद्ध रहेको बताएकाछन् । मंगलबार सातौं सामाजिक सुरक्षादिवसकाअवसरमा शुभकामनादिँदै प्रधानमन्त्रीओलीले मेरो सहारा कोही छैन भन्नेका निम्ति राज्य र सरकार रहेको बताएकाहुन्। ‘सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडिबढाउन, व्यवस्थितढंगले सञ्चालन गर्न र त्यसलाई पूर्णतादिनप्रतिबद्ध छ। अब कसैले अनाथभएँभन्नु पर्दैन। अनाथहुनु दुःखको कुरा हो। तर, अब अनाथभएर मैले अभिभावकत्वपाइनँभन्ने स्थितिहुने छैन। मेरो रेखदेख गर्ने कोही छैन भन्ने अवस्था कसैको हुने छैन। मेरो सहारा कोही छैन भन्ने अवस्थापनिहुने छैन। त्यसकानिम्ति राज्य छ र सरकार छ।अहिलेको सरकार जनताको सरकार हो। सामाजिकन्याय र समानतासहित समृद्धिको यात्रामाहिंडेको सरकार हो’प्रधानमन्त्रीओलीको शुभकामना सन्देशमाभनिएको छ । उनले सरकार सुशासन र विकासको अभियानमालम्किरहेको बताए। ‘सुशासन र विकासको अभियानमालम्किरहेको सरकार भएको भन्दै देश र जनताप्रतिनिष्ठा र प्रतिबद्ध रहेको बताए । उनले सामाजिक सुरक्षाएउटाउन्नतअवधारणा र अभ्यास भएको दाबी गरे। शुभकामना सन्देशमाभनिएको छ,‘हामीले विधिवत् रुपमा सामाजिक सुरक्षाअभियानलाई भिन्नै र उन्नतस्तरबाट सुरु गरेका थियौं। सामाजिक सुरक्षाएउटाउन्नतअवधारणा र अभ्यास हो।त्यसैले यसभित्रहाम्राअभिभाराहरु हामीले उपयुक्तढंगले बुझ्न जरुरी छ। सामाजिक सुरक्षामानवजातिको भविष्यको सुरक्षा र सुरक्षाको सुनिश्चितताको हो। मानवजाति सचेत प्राणीभएको हुनाले आफ्नो सुरक्षाकालागि सदैव चिन्तित रह्यो। तर, उपायहरु पत्तालगाउन, तरिकाहरु पत्तालगाउन र अवलम्बनगर्न लामो समयसम्मत्यति सफल रहेन। यसकालामाइतिहास छन्। पछिहाम्रो देशमाकर्मचारीहरुको सञ्चयकोष, पेन्सनजस्ता कुराहरुबाट सुरक्षाको अवधारणाले केहीमात्रामाआकार लिनथाल्यो।’
प्रतिक्रिया