images

बिद्यालय जाँदै गरेका तीन बालिका चट्याङ लागेर गम्भीर घाइते

काठमाडौं ।  कैलालीमा बुधबार बिहान चट्याङ लागेर ३ बालिका गम्भीर घाइते भएका छन्। 
घोडाघोडी नगरपालिका–९ बुदेनीबस्ने तीन बालिका बिहान विद्यालय जाँदै गर्दा चट्याङ लागेर गम्भीर घाइते भएकोजिल्ला प्रहरी कार्यालय कैलालीप्रहरीले जनाएको छ।
घाइते हुनेमा १० वर्षीया खिमा कठात, ९ वर्षीया सरस्वती भुल र७ वर्षीय पारु कठात रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एपसी) पदमबहादुर बिष्टले जानकारी दिएका छन् । ‘मोहन्याम आधारभूत विद्यालय बुदेनीको गेट नजिक उहाँहरुलाई चट्याङ लागेको रहेछउपचारका लागि घोडाघोडी अस्पताल लगिएको छ । तीनै जना गम्भीर हुनुहुन्छ, बाँकी विवरण आउन केही समय लाग्छ’ बिष्टले भने ।

 

बुधबार १२ असार २०८१ ०६:२७ PM मा प्रकाशित

प्रतिक्रिया