images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकलेआज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।  
राष्ट्र बैंकका अनुसार, बिहीबार अमेरिकी डलर, कतारी रियाल र बेलायती पाउण्ड बढ्दा यूरोको विनिमयदर घटेको छ । 
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६६ पैसा र बिक्री दर १३४ रुपैयाँ २६ पैसा पुगेको छ । 
त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ८९ पैसा र बिक्री दर १४५ रुपैयाँ ५४ पैसा रहेको छ । 
त्यस गरी, बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ५२ पैसा र बिक्री दर १७३ रुपैयाँ ३० पैसा पुगेको छ । 
कतारी रियालको मूल्यएकको खरिद दर ३६ रुपैयाँ ६५ पैसा र बिक्री दर ३६ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
 

बिहीबार १० साउन २०८१ ०९:१४ AM मा प्रकाशित

प्रतिक्रिया