images

रास्वपाले कर्णाली विशेष अभियान गर्ने 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को विहीबार बसेको बैठकले कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटी संयोजक रहेको कार्यदल गठन गरेको छ । 
कार्यदलको सदस्यमा सोबिता गौतम, गणेश कार्की, डा।तोसिमा कार्की, क्रान्तिशिखा धिताल, विजय जैरु, मेघ आले, कामिनी चौधरी, पुकार बम, नारायण घिमिरे र शंकर श्रेष्ठ रहेका छन् ।
यस्तै  बिहीबारको  बैठकले भदौको दोस्रो साता कर्णाली विशेष अभियान कार्यक्रम सञ्चालन गर्नेसमेत निर्णय गरेको छ ।  उक्त अभियानमा पार्टी सभापति रवि लामिछाने समेत सहभागी हुने रास्वपाले जनाएको छ । 
यस्तै बैठकको सुरूमै सिमलताल दुर्घटनामा ज्यान गुमाउनेहरू र सौर्य एयरलाइन्सको दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो।
यस्तै पार्टी, पार्टी पदाधिकारी तथा नेतृत्वमा रहेका सदस्यहरूलाई रणनीतिक रूपमा सक्षम बनाउन सघन प्रशिक्षण आयोजना गर्ने भएको छ । यसलाई क्लोज क्याम्प नाम दिइएको  छ । 
केन्द्रीय सदस्यबाट अल्पकालीन राजीनामा दिएका अरनिको पाँडेलाई केन्द्रीय समिति सदस्यमा पुनर्बहाली गर्ने निर्णय पनि आजको बैठकले गरेको छ । उनी राष्ट्रिय योजना आयोगका सदस्य हुँदा पार्टी केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए । आयोगको सदस्यबाट हटेपछि केन्द्रीय समितिमा फर्किएका हुन्।
 

बिहीबार १० साउन २०८१ ०७:१८ PM मा प्रकाशित

प्रतिक्रिया