images

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा (आज) बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २४ सय रूपैयाँले घटेको छ ।
बुधबार प्रतितोला १ लाख ४७ हजार ५ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज २४ सय रूपैयाँले  घटेर १ लाख ४५ हजार रूपैयाँमा कारोवार भइरहेको छ ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ३ सय रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ८ सय ५ रूपैयाँमा कारोवार भएको चाँदी आज ५५ रूपैयाँले घटेर १ हजार ७ सय ५० रूपैयाँमा कारोवार भइरहेको छ ।
 

बिहीबार १० साउन २०८१ ०३:१८ PM मा प्रकाशित

प्रतिक्रिया