images

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक भोलि बस्ने 

काठमाडौं । नेकपा ९एकीकृत समाजवादी०ले बिहीबारका लागि केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ ।
बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बताइएको छ । 
बैठकले पार्टीमा केन्द्रीय कमिटीलाई पूर्णता दिन कार्यविधि तथा मापदण्ड बनाउने, कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्ने लगायत विषय निर्णय गर्ने पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए । 
केन्द्रीय सदस्यका लागि सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी सन्तुलन मिलाएर मनोनयन गरिने उनको भनाइ छ । पार्टीमा २०६ केन्द्रीय सदस्य पद रिक्त छन् ।
सबै जिल्लाको पहुँच केन्द्रीय नेतृत्वमा पुर्याउन तथा भौगोलिक सन्तुलन कायम गर्न प्रत्येक जिल्लाबाट कम्तीमा एकजना सदस्यको प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।
 

बुधबार ९ साउन २०८१ ०९:२३ AM मा प्रकाशित

प्रतिक्रिया