काठमाडौँ - नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ ।
नाउपा एक मन्त्री र राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने भएको हो ।
नाउपाबाट रामेश्वर चौधरी भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्री र कैलाश चौधरी राज्यमन्त्री बन्न लागेका हुन् ।