images

अन्तरराष्ट्रिय आवश्यकताकाआधारमा बजेट विनियोजनभएको छ ः मन्त्री चौधरी 


काठमाडौं । महिला, बालबालिकातथाज्येष्ठ नागरिक मन्त्रीभगवती चौधरीले अगामी बजेटमा मन्त्रालयले महिला, बालबालिका, जेष्ठ नागरिक, अपांगताभएकाव्यक्तिलगायतलाई विषेश प्राथमिकतामा राखेको बताएकी छिन् । 
सोमबारकोप्रतिनिधि सभा बैठकमा मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफदिँदै मन्त्री चौधरीलेसंविधानले प्रत्याभूत गरेका व्यवस्थाहरु कार्यान्वयन गर्न राज्यले अवलम्बन गरेका नीतिहरुकार्यान्वयन गर्न अन्तरराष्ट्रिय रुपमा प्रस्तावितआवश्यकताकाआधारमा बजेट विनियोजन गरिएको दाबी गरेकीहुन् । 
उनले भनिन्, ‘महिला, बालबालिका, जेष्ठ नागरिक, अपांगताभएकाव्यक्ति, यौनिकअल्पसंख्यक सम्बन्धी उठाएका जायजमागहरुमागम्भिर ध्यानाकर्षण भएको छ । यीक्षेत्रहरुलाई विषेश प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ । संविधानले प्रत्याभूत गरेको व्यवस्थाहरु कार्यान्वयन गर्न राज्यले अवलम्बन गरेका नीतिहरुकार्यान्वयन गर्न अन्तरराष्ट्रिय रुपमा प्रस्तावितआवश्यकताकाआधारमा बजेट विनियोजन गरिएको छ । मन्त्रालयकाकार्यक्षेत्रभित्र पर्ने गरि बजेटले सम्बोधन गरेको छ ।’
उनले राज्याकोअनिवार्य दायित्वभित्र पर्ने संवेदनशीलविषयको लागिमन्त्रालयले प्राप्त गरेको बजेटलाई सिमाभित्र रहेर विनियोजन गरेको पनिबताए । 
उनले भनिन्, ‘राज्याकोअनिवार्य दायित्वभित्र पर्ने संवेदनशीलमानिने बालसुधार गृहको स्थापनातथा संचालन, महिला हिंसा, मानब बेचबिखनतथाओसार पोसार, पीडित र प्रभावितकालागि सेवा केन्द्र, पुनःस्थापना केन्द्रहरु संचालन, जेष्ठ नागरिककालागिमिलन केन्द्र, वृद्धाश्रम केन्द्रकालागिमन्त्रालयले प्राप्त गरेको बजेट सिमाभित्र रहेर प्रयाप्त बजेट विनियोजन गरेको छ ।’
आफू बहाल रहेको मन्त्रालयअन्तर्गत कुनै कार्यालय नभएका कारण बजेटमाथि प्रस्तावितकार्यक्रमहरु कार्यान्वयनकालागिप्रदेश र स्थानीय सरकारलाई वित्तिय हस्तान्तरणमार्फत अनुदान पठाइनेपनिउनको भनाई छ । 
उनलेभनिन्, ‘मन्त्रालयअन्तर्गत कुनै कार्यालय नभएको हुँदा बजेट प्रस्तावित गरिएकाकार्यक्रमहरु कार्यान्वयन गर्न प्रदेश सरकार, स्थानीय सरकारलाई वित्तिय हस्तान्तरणमार्फत अनुदान रकम पठाउन प्रस्ताव गरिएको छ । कार्यक्रमकार्यान्वयन, त्यसको प्रभावकारिता, अनुगमन र सहजकर्ता समेतकालागिआवश्यकताअनुसार निश्चितआवश्यकताभएका क्षेत्रहरुमा बजेट विनियोजन गरिएको छ ।’

सोमबार १० असार २०८१ ०७:३२ PM मा प्रकाशित

प्रतिक्रिया