images

पूर्वमन्त्री महतोको अभिव्यक्तिमा सभामुखको रुलिङको माग 

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले पूर्वमन्त्री तथा सांसद वीरेन्द्र महतोले ५ हजार रुपैयाँ घूस दिएर काम गराएको भन्ने अभिव्यक्तिमा रुलिङको माग गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले सभामुख देवराज घिमिरेसँग रुलिङको माग गरेका हुन् । 
उनले भने, ‘यही साउन ६ गतेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिदै गर्दा एक नाम पूर्व मन्त्री तथा सांसद महतोले आफूले ५ हजार रुपैयाँ घूसमा आफ्नो छोराको काम भयो भन्ने अभिव्यक्ति राख्नुभएको थियो । गृहमन्त्री र प्रधानमन्त्रीउपर रुलिङ गर्नका लागि र आगामी तीन दिनभित्र जानकारी गराउन अनुरोध गर्दछु ।’
 

मङ्गलबार ८ साउन २०८१ ०२:१९ PM मा प्रकाशित

प्रतिक्रिया