images

खेलमार्फत् अर्थतन्त्र र कूटनीतिक सम्बन्ध  सुदृढ गर्न पहललिइरहेको छु: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्रीपुष्पकमलदाहाल ‘प्रचण्ड’ले खेलमार्फत् अर्थतन्त्र र कूटनीतिमामहत्त्वपूर्ण हस्तक्षेप गर्न विशेष पहललिँदै आएकोबताएकाछन् । 
आईतबार साहनाप्रधानप्रतिष्ठानद्वारा आयोजितअन्डर–१९ भलिबलप्रतियोगिताको उद्घाटनगर्दैउनले, समग्र खेल क्षेत्रको विकास र खेलाडीहरूमाउत्साह र प्रोत्साहनलाई आफूले विशेष ध्यानदिँदै आएकोबताए । 
‘युवातथाखेलकूदको क्षेत्रलाई उच्चप्राथमिकतादिँदै आएको छु । खेलाडीहरूको वृत्तिविकास, उनीहरूलाई प्रोत्साहन र खेलमार्फत् अर्थतन्त्र र कूटनीतिमामहत्त्वपूर्ण हस्तक्षेपकानिम्ति मैले विशेष पहललिँदै आएको छु ’उनले भने। 
नेपालको भूबनोट र संस्कृतिका दृष्टिले पनिभलिबलअत्यन्तै सम्भावनायुक्त खेल विधाभएको उल्लेख गर्दैउनलेआफू दोस्रोपटकप्रधानमन्त्रीहुँदाविशेष प्रस्ताव राखेर भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको स्मरण गरे । उनले उक्तऐतिहासिकघोषणाले नेपालको भलिबल क्षेत्रका खेलाडीहरूलाई राम्रो उत्प्रेरणामिलेको विश्वास व्यक्तगरे । 
आगामीआर्थिक वर्ष राष्ट्रियस्तरका ८० खेलकुदप्रतियोगिताआयोजना गर्ने, काठमाडौँको मूलपानीक्रिकेट रङ्गशाला र विराटनगरको गिरिजाप्रसाद कोइराला रङ्गशालालाई राष्ट्रियगौरवकाआयोजनाको रूपमानिर्माण गर्ने लक्ष्यलिइएको बताउँदै प्रधानमन्त्रीप्रचण्डले भरतपुरमा निर्माणाधीनगौतम बुद्ध रङ्गशाला सङ्घ, प्रदेश र स्थानीयतहको साझेदारीमानिर्माणकार्य अगाडिबढाउने, कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति र फाप्लाक्रिकेट रङ्गशालानिर्माणलाई तीव्रतादिने बताए । 
कमरेड साहनाप्रधान नेपालीवामपन्थीआन्दोलनको एक जनाशिखर व्यक्तित्वभएको उल्लेख गर्दै प्रधानमन्त्रीले सामन्तीपञ्चायतीव्यवस्थाविरूद्धकठोर सङ्घर्ष हुँदै २०४६ सालको जनआन्दोलनसम्मआउँदा संयुक्तवाममोर्चाको नेतृत्वदायीभूमिकानिर्वाह गरेको बताए । 
राष्ट्रिय र अन्तर्राष्ट्रियप्रतियोगिताहरू आफूले हेर्ने गरेको जानकारी दिँदै प्रधानमन्त्रीप्रचण्डले महत्त्वपूर्ण प्रतियोगिताअघिप्रतिस्पर्धी खेलाडी साथीहरूलाई भेटेर हौसलाप्रदान गर्ने र विजयी खेलाडीहरूलाई पुरस्कृत गर्दै आएको बताए ।
 

आइतबार​ १० असार २०८१ ०४:५४ PM मा प्रकाशित

प्रतिक्रिया