आज नेपाल-चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभलको उदघाटन हुँदै

 पोखरा - आज नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभलको उद्घाटन हुँदैछ ।

दक्षीण एसिया मै पहिलो पटक पोखराको फेवातालमा आज उद्घाटन हुन गइरहेको ड्रागन बोट रेस फेस्टिभल दुई दिनसम्म चल्नेछ । सो फेस्टिबल शुक्रबार र शनिबार गरी दुई दिनसम्म चल्न लागेको हो ।

पोखरामा पहिलो पटक भएको अन्तर्राष्ट्रिय उडानको क्रममा सिचुवान एअरलाइन्सको बिमानवाट पोखरा आएका चिनियाँ खेलाडीहरुले आफनो कौशलता प्रदर्शन गर्नेछन् । सो फेस्टिभलमा सहभागी हुन चिनियाँ १ सय २० जनाको टोली बुधबार नेपाल आइसकेको छ ।