images

प्राध्यापकहरुलाई विश्वस्तरको शिक्षा र अनुसन्धानको अवसर आवश्यक

काठमाडौं । त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभाग, चाइनिज एकेडमी अफ साइन्सेस र त्रिविको संयुक्त पहलमा निर्मित काठमाडौं सेन्टर फर रिसर्च एण्ड एजुकेशन(केसिआरई)को संयुक्त आयोजनामा तथ्याङ्क विश्लेषण र वैज्ञानिक लेखन सम्बन्धमा  क्षमता अभिवृद्धि तालिमको आयोजना गरेको छ ।
अनुसन्धानकर्ता उपप्राध्यापकहरुको क्षमता अभिवृद्धिमार्फत शैक्षिक उत्कृष्टता बढाउन आयोजित तालिममा विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत कार्यरत उपप्राध्यापक र सहायकप्राध्यापकहरु २५ जना  समावेश गराइएको छ ।
तालिमको उदघाटन गर्नुहुँदै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले व्यवहारिक ज्ञानको निर्माण र समसामयिक चुनौतीलाई सम्बोधन गर्न तथ्याङ्क विश्लेषण र प्रभावकारी वैज्ञानिक पेपर लेखनको महत्वपूर्ण भूमिका रहनेमा जोड दिए ।
अनुसन्धान र उत्कृष्ट लेखनमार्फत विश्वविद्यालयहरु उत्कृष्ट बन्ने हुँदा जल तथा मौसम विज्ञान केन्द्रीय विभाग र काठमाडौं सेन्टर फर रिसर्च एण्ड एजुकेशनले गरेको कामको प्रशंसा गरेका हुन् ।
शैक्षिक भविष्यलाई आकार दिन यस्ता कार्यक्रमहरूको मद्दत गर्ने भन्दै उपकुलपति प्राडा बरालले  त्रिविमा कार्यरत प्राध्यापक एवम अध्ययनरतहरुलाई  विश्वस्तरको शिक्षा र अनुसन्धानका अवसर उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरेका थिए । 
उनले तालिमको अवसरलाई अधिकतम सदुपयोग गरी आफनो र आफनो संस्थाको प्रभावकारी अभिबृद्धि गर्न सहभागीहरुलाई विशेष अनुरोध गरेका थिए । 
कार्यक्रममा विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्राडा विनिल अर्यालले विश्वका सबै विधाहरु तथ्याङ्क विश्लेषण एवम् वैज्ञानिक लेखनमा केन्द्रीय हुँदै गएको र तथ्याङ्क नै वैज्ञानिक विश्लेषणको महत्वपूर्ण आधार रहेको 

मङ्गलबार ११ बैशाख २०८१ ०२:५६ PM मा प्रकाशित

प्रतिक्रिया