'फोर जी सेवा गुणस्तर बनाएपछि मात्रै फाइभ जी लागू गर्नुपर्छ' : सञ्चार मन्त्री शर्मा

 काठमाण्डौँ - सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले फोर–जी सेवा गुणस्तर बनाएर आवश्यक पूर्वाधारको निर्माणपछि मात्रै फाइभ–जी लागू गर्न उपयुक्त हुने बताएकी छिन् । 

बिहीवार प्रविधि पत्रकार मञ्चले काठमाण्डौमा आयोजना गरेको फाइभ जी को चुनौती र आगामी बाटोु नामक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताईन् । उनले देशमा फाइभ जी सेवा परीक्षण गर्दै गर्दा देशका धेरै ठाउँमा सामान्य सूचनाको पहुँचसमेत पुग्न नसकेको अवस्था रहेको बताईन् । उनले फोर जी सेवा विस्तार भएको लामो समयसम्म काठमाण्डौ उपत्यकामा समेत प्रभावकारी हुन नसकेको भन्दै फोर जी सेवालाई व्यवस्थित बनाउन आवश्यक रहेको बताईन् । फोर जी सेवा लागू गर्दा लागेको लागतअनुसार प्रतिफल भएरनभएको विषयमा अध्ययन गर्नुपर्ने उनले उल्लेख गरिन् ।