images

चुरे संरक्षण टोलीलाई बृहत नागरिक आन्दोलनको साथ

काठमाडौं । बृहत नागरिक आन्दोलनले चुरे संरक्षण पदयात्रा टोलीमागहरुप्रति ऐक्यबद्धता जाहेर गरेको छ । 
शनिबार प्रेस विज्ञप्तिमार्फत ऐक्यबद्धता जनाउदैँ मागहरुप्रति नेपाल सरकार गम्भीर हुँदै धर्नारत टोलीसँग अविलम्ब वार्ता गर्न र चुरे संरक्षणका ठोस तथा प्रभावकारी कार्यक्रमहरु अविलम्ब अगाडि बढाउन माग गरेका छन् । 
चुरे संरक्षण पदयात्रा टोलीजेष्ठ १० गते माइतीघर मण्डलामा धर्नारत छन् ।सप्तरी जिल्लाको भारदहदेखि २४ दिनको कष्टप्रद पैदल यात्रा पश्चात उनीहरु जेष्ठ १० गते काठमाडौं आइपुगेका हुन् । 
चुरे दोहनको प्रत्यक्ष असर भोगेका २५ जना नागरिकहरुलेबैशाख १६ देखि चुरे तथा वनजंगल संरक्षण अभियान नेपालको आयोजनामा,सम्मिलित चुरे संरक्षणपदयात्रा गरेका हुन् । 
चुरे क्षेत्रको अवैध उत्खनन्, सिर्सियालगायतका नदीहरुको प्रदुषण एवं अतिक्रमणको विरोध तथा चुरे र वनजंगल संरक्षण, सम्वर्धन, दलित, भूमिहीन, सुकुम्वासीहरुको भूमि अधिकारका निम्ति गरिएको चुरे संरक्षण पदयात्रा तथा धर्ना कार्यक्रमप्रति बृहत नागरिक आन्दोलनको ध्यानाकर्षण भएको छ । 
चुरे संरक्षणका लागि जनस्तरबाट यसरी आवाज बुलन्द हुँदा पनि सरकार उनीहरुका मागप्रति उदासीन देखिनु खेदजनक भएको पनि आन्दोलनको भनाइ छ ।
चुरे पहाड भू–जैविक, भौगर्भिक आदि दृष्टिकोणले कमलो, संवेदनशील वातावरण र वनस्रोत तथा–जैविक विविधताको भण्डार रही आएकोमा विगत केही दशकदेखि विकासका क्रियाकलाप तथा मानवीय क्रियाकलापका कारण व्यापक क्षयीकरण र विनाश भएकोछ। 
चुरे क्षेत्रमा हुने गरको भूस्खलन, चुरेबाट उत्पत्ति भएका नदीहरुबाट हुने कटान र बाढीजस्ता प्राकृतिक विपदमा भएको वृद्धि तथा चुरेक्षेत्रमा भएको वनविनाशले गर्दा चुरेभावर क्षेत्रको जलसञ्चयी क्षमतामा कमी आएको छ ।जलवायु परिवर्तनका 
 

शनिबार ८ असार २०८१ १०:५१ PM मा प्रकाशित

प्रतिक्रिया