images

रुसी राष्ट्रपति मस्को फर्केलगत्तै दक्षिण कोरियाको बन्दगाह आईपुग्यो युध्दपोत

काठमाडौं ।आणविक शक्ति संचालित अमेरिकी विमान वाहक युध्दपोत‘थियोडोर रुजवेल्ट’ शनिबार दक्षिण कोरियाको बन्दरगाह शहर बुसानमा आईपुगेको छ । 
दक्षिण कोरिया र जापानसँग संयुक्त सैन्य अभ्यासको लागि यो युध्दपोत आइपुगेको दक्षिण कोरियाको नौसेनाले जनाएको छ ।
दक्षिण चीन सागरको विवादित जलमार्गमा चीनको ‘खतरनाक र आक्रामक व्यवहार’ को निन्दा गर्दै तीन राष्ट्रका नेताहरूले अगस्त २०२३ मा क्याम्प डेभिड शिखर सम्मेलनमा वार्षिक सैन्य प्रशिक्षण अभ्यास गर्ने सहमति गरेका थिए।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको उत्तर कोरियाको भ्रमण लगत्तै अमेरिकाबाट संयुक्त सैनिक अभ्यास गर्नेगरी युध्दपोत विमान आएको छ । रुस र उत्तर कोरियाले एकअर्का विरुध्द कुनै किसिमको आक्रमण भएमा प्रतिकार गर्ने ५ बूँदे सम्झौता गरेका छन् । गएको साता प्योङयाङ आएका पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनबीच सहमति भएको थियो । 
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ वर्षमा पहिलो पटक यस हप्ता उत्तर कोरियाको भ्रमण गरेका थिए र नेता किम जोङ उनसँग पारस्परिक रक्षा प्रतिज्ञा सहितको सम्झौतामा हस्ताक्षर गरेका थिए ।
प्योङयाङमा उच्च राष्ट्रिय सम्मान ग्रहण गरेपछि पुटिन भियतनाम पुगेका थिए । त्यहाँ पनि सहकार्यको सहमति गरेर उनी मस्को फर्किसकेका छन् । 
यो एसियामा रूसको वर्षौंको लागि सबैभन्दा महत्वपूर्ण चालहरू मध्ये एक थियो, जसलाई किमले गठबन्धनको रूपमा वर्णन गरेका छन् ।
यो भ्रमण उत्तरको आणविक र मिसाइल कार्यक्रम विरुद्ध विस्तारित प्रतिरोधको प्रदर्शनमा अर्को अमेरिकी विमान वाहक कार्ल भिन्सनले दक्षिण कोरियाको यात्रा गरेको सात महिना पछि आएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

शनिबार ८ असार २०८१ १०:३७ PM मा प्रकाशित

प्रतिक्रिया