images

कति छ तीन उप प्रधानमन्त्रीहरुसँग सम्पति ?

काठमाडौं । सरकारले मंगलबार सार्वजनिक गरेको मन्त्रिपरिषद् सदस्यहरुको सम्पत्तिविवरणअनुसार तीनउपप्रधानमन्त्रीहरुमध्ये सबैभन्दाकम सम्पति नारायणकाजी श्रेष्ठको देखिएको छ । दुई उपप्रधानमन्त्री रवि लामिछाने र रघुवीर महासेठले चलअचलसम्पतिआफ्नोभन्दाश्रीमतीको नाउँमा धेरै रहेको विवरणमा देखाएका छन् । 
उपप्रधानतथागृहमन्त्री रवि लामिछानेले आफूमाथिलागेका आरोपको सफाइदिने क्रममा संसदमाप्रतिपक्षीदलमाथिआक्षेप लगाउँदातातेको राजानीतिकवातावरणलाई विषयान्तर गर्न सरकारले सम्पत्तिविवरण सार्वजनिक गरेको हो । 
मन्त्रिपरिषद्का २३ सदस्यमध्ये २१ जनाको विवरण सार्वजनिकभएको छ । जसअनुसार उपप्रधानएवं गृहमन्त्री रवि लामिछानेको नाममा नेपाल बैंक लिमिटेडमा एक लाख ५ हजार र ग्लोबल आईएमई बैंकमा ५ हजार रुपैयाँनगदबचत छ । उनको नाममाभक्तपुरमा १ रोपनी १ आनाजग्गापैतृक सम्पत्तिको रुपमा देखाइएको छ । 
लामिछानेकोसो बाहेक सम्पत्तिअन्य केही देखाइएको छैन। तर, उनकीपत्नीनिकितापौडेलको नाममाभने बुढानिलकण्ठ–८ मा ५ आनाजग्गामा बनेको घर छ ।यस्तै, विभिन्नव्यवसाय सञ्चालनबाट आएको रकमबाट ३ करोड ७५ लाख रुपैयाँमा घर खरिद गरेको विवरण देखाइएको छ ।उक्तघर किन्दाबैंकबाट लिएको २ करोड ५० लाख रुपैयाँ ऋणमध्ये अब १ करोड ५० लाखतिर्न बाँकी रहेको विवरणमा उल्लेख छ ।
लामिछानेले पत्नीनिकितापौडेलसँग ८० तोला सुन र २० केजीचाँदी रहेको खुलाएका छन् । त्यसको स्रोत अधिकांशनिकिताकाबाबुआमाले दिएको र केहीखरिद गरेको उल्लेख गरेका छन् । यस्तै निकितासँग सुनबाहेक  १५÷२० केजीचाँदी रहेको रत्यो २५० देखि ३०० रुपैयाँप्रतितोलाभएको बेलाखरिद गरेको उल्लेख सम्पत्तिविवरणमा उल्लेख छ । 
निकिताको नाउँमागोपीकृष्ण सेन्ट्रल कम्प्लेक्सको १० रोपनी ८ आनाजग्गाको २५ प्रतिशत शेयर रहेको र सवारीसाधनमाटाटा नेक्सनको विद्युतीय कार रहेको भनिएको छ । सो कार ४२ लाख रुपैयाँमादुवैको निजीआय र बचतबाट २०७९ सालमाखरिद गरिएको विवरणमा उल्लेख छ । विवरण अनुसार नारी टेलिभिजन र गोपीकृष्ण कामाक्ष मिडिया कम्पनीको सञ्चालकनिकिताछिन् भने दुवैको भौतिकमूल्य४ करोड भएको उल्लेख छ । नारी टेलिभिजनको हालको मूल्य ३ करोड रुपैयाँ र कामाक्ष मिडियाको हालको मूल्य १ करोड रुपैयाँ रहेको सम्पत्तिविवरणमा उल्लेख छ ।
यस्तै अर्का उपप्रधानएवं भौतिकपूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले पनि सार्वजनिक गरेको विवरणमा पनि अधिकांश सम्पति श्रीमती जुली महतोको नाउँमा रहेको उल्लेख छ । 
विवरण अनुसार महासेठको नाममा धनुषामा १ बिघा बढी जग्गा रहेको उल्लेख छ भनेमहतोको नाममा जनकपुरमा ३ कट्ठा जग्गामा घर, ललितपुरमा २ रोपनी १३ आनाजग्गा र घर, धनुषामा७ बिघा क्षेत्रफल जग्गा, ललितपुरकै अर्को ठाउँमा १ रोपनी ७ आना जग्गा छ । 
चल सम्पति विवरणमा ४३ तोला सुन, १.५ किलो चाँदीरहेको उल्लेख छ । यस्तै, २ करोड २५ लाख रुपैयाँ बराबर नगद रहेको पनि मन्त्री महासेठको सम्पत्ति विवरणमा उल्लेख छ । यस्तै विभिन्न कम्पनीमा मन्त्री पत्नी जुलीको नाउँमा ३ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर रहेको विवरणमा छ । 
सो बाहेक महासेठले परिवारका सदस्य र सगोलमारहेको जग्गापनिविवरणमा खुलाएका छन् । रामविलास महासेठको नाउँमा हालको मिथिलाविहारी नगरपालिकामा ३३ बिघा, धनुषाकै सबैला नगरपालिकामाआमाको नाउँमा ३९ बिघा जग्गा रहेको उल्लेख छ । यस्तै सगोलको घर जग्गामा मिथिलाबिहारी नगरपालिका–३ मा पनिकरिव १० कट्ठा जमिन रहेको विवरणमा खुलाएका छन् । महासेठका अनुसार उनीसँगआफ्नो नाउँमा सवारीसाधन र पशुधन छैन । 
यस्तैअर्का उपप्रधानएवं परराष्ट्रमन्त्री नारायण काजी श्रेष्ठको नाउँमाघर र पैतृक सम्पत्तीनभएको विवरणमा छ । राष्ट्रिय वाणिज्य बैंककोखातामा १ लाख २२ हजार ९१८ रुपैयाँ ६४ पैसा रहेको मन्त्रीश्रेष्ठले खुलाएका छन् ।सुनचाँदी, शेयर वाधितो पत्र श्रेष्ठको नभएको सम्पत्ति विवरणमा उल्लेख छ । 
सम्पतिको नाउँमागोरखाको सिरानचोक गाउँपालिका–८ मा उनको नाममा ३ कित्ताजग्गाछ । सोमध्ये एउटा कित्ता ३१ रोपनी १५ आना छ । दोस्रो  ५ रोपनी ७ आना र तेस्रो कित्ता १ रोपनी १० आनारहेको देखाइएको छ । त्यसलाई उनले पैतृक भनेका छन् र २०५८ सालमा पार्टीलाई दिएको घोषणा गरेको र हालप्रक्रियामा रहेको विवरणमा उल्लेख छ । 
मन्त्री श्रेष्ठसँग बा १० च ५७९८ नम्बरको महिन्द्रा गाडी छ । उक्त गाडी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई प्रयोग गर्न दिएको श्रेष्ठले सम्पत्ति विवरणमा राखेका छन् । 
 

बुधबार ९ जेठ २०८१ ०७:२१ AM मा प्रकाशित

प्रतिक्रिया