images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकलेआजकालागिविदेशी मुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैंकका अनुसारआज अमेरिकी डलरएकको खरिद दर १३३ रुपैयाँ र बिक्री दर १३३ रुपैयाँ ६० पैसा रहेको छ । मंगलबार डलर एकको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा रहेको थियो । 
त्यस्तै, आज युरो एकको खरिद दर १४४ रुपैयाँ ५० पैसा र बिक्री दर १४५ रुपैयाँ १६ पैसा रहेको छ । मंगलबार खरिद दर१४४ रुपैयाँ ५२ पैसा र बिक्री दर १४५ रुपैयाँ १७ पैसा रहेको थियो । 
आज बेलायती पाउण्डको खरिद दर १६९ रुपैयाँ १२ पैसा र बिक्री दर १६९ रुपैयाँ ८८ पैसा रहेको छ । मंगलबार खरिद दर १६८ रुपैयाँ ९२ पैसा र बिक्री दर १६९ रुपैयाँ ६८ पैसाले कारोबार भएको थियो । 
आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । 
 

बुधबार ९ जेठ २०८१ ०७:२६ AM मा प्रकाशित

प्रतिक्रिया